सोचेको थिईन, कुनै दिन मैले पनि कुनै लेख लेख्छु होला भनेर। तर मनमा पिल्सियका भावना समिटिदै जादो रहेछँ र अन्तत: कुनै कापीमा पानामा जम्मा हुदो रहेछ। त्यसै क्रममा मैले'नि एउटा लेख लेख्न पुगेछु! कथा लेख्न पुगेछु!
लेख्दै जादाँ केहीँ कुराको कमि महसुस हुन लाग्यो। प्रतिक्रियाको कमि महसुस भयो, सल्ला, सुझाबको कमि महसुस भयो त्यसैले त्यस उपन्यासको "प्रारम्भिक भाग र पहिलो अंश ब्लगमा पोष्ट गर्ने निर्णय गरे"।
आश छ हजुरहरूले सल्ला, सुझाब तथा प्रतिक्रिया दिनु हुन्छ होला। धन्यवाद! :)
यस कथाका घटना तथा पात्रहरू सबै काल्पनिक हुन्। कसैको वास्तविक जीवन सगँ मेल खान गएमा संयोग मात्र हुनेछ।
धन्यवाद!
शिर्षक:
जीन्दगीको असफल यात्रा!
::केहीँ शब्द::
जन्म लिन'नि ३०० मिलियन स्पर्मको रेस जित्नु पर्छ रे! तर म आज आफै कन्फ्युज छु, मैले त्यो रेस कसरी जिते? छलकपट त गरीन? कतै झेल त गरीन?
तर त्यो रेस जितेरै आएको भए पनि त्यस रेसको मेरो जीन्दगीमा कुनै अर्थ छैन। किनकी त्यो त जन्मने प्रारम्भीक चरणमा भाको कुरो हो। जीन्दगीको सुरूवात त यस धर्तीमा जन्मे पश्चात मात्र सुरू हुन्छ।
जीन्दगीमा सफल कहिल्यैँ हुन् सकिएन! राम्रो प्रतिसपर्दि हुन सकियो तर प्रथम.... अह! सपना सपनामा नै रह्यो। बा-आमाले खुब भन्थे, "छोरो जीन्दगीमा सधैँ सफल भएस, प्रथम भएस तर म कहिल्यैँ प्रथम हुन सकिन।
पवित्र ग्रन्थ वाइबलमा लेखिएको छ, " दोज हु आर लाष्ट एट फर्स्ट उईल वि फर्स्ट एट लाष्ट" (Those who are last at first will be first at last) र म आज यसै भनाईमा आडस लिई बाचिरहेको छु। प्रथम हुनुका निम्ती प्रयास नगरेको पनि होईन तर जति भने पनि यो सब पढाई र भनाई मा मात्र सिमीत रह्यो। जीन्दगीमा धेरै विशिष्ट व्यक्तिका प्रवचन, पुस्तक, भनाईहरू सुने, पढेँ, हेरे अनि मनन पनि गरे तर कहिँल्यै त्यो व्यवहारमा उतार्न सकिन।
पढ्ने क्रममा रात दिन नभनि टुप्पी कसेर नपढेको पनि होइन तर पनि म कहिँल्यै प्रथम हुन सकिन। सफल हुन सकिन।
हुनत: बास्तवमा ईश्वरलेनै मलाई प्रथम हुने हक नदिएको मान्छे म। जन्मदै दोस्रो भएको मान्छे, एक दाजुको भाई म!
आरम्भ:
१.
सायदै प्रथम पटक, प्रथम स्थान हात पारी ३०० मिलियन स्पर्मलाई पछि पारेर जब म यस धर्तीमा जन्म लिए तब मेरो जन्मले सबै खुसी भए। त्यस पश्चातनै मेरो दुर्दशा सुरू भएको हुनु पर्छ। दोस्रो भएर जो जन्मे म!
दिन बित्दै गए, म पनि ठूलो हुदैँ गए। त्यही क्रममा बिस्तारै हिड्न सक्ने भए, बोली फुट्न थाल्यो, घर परिवारको वातावरण पहिचान गर्ने हुन सके। तब मलाई विद्यालय भर्ना गरियो।
बुबा-आमाका अनुसार म विद्यालय जाने प्रथम दिन नैँ खुब आँशु झारे रे। मज्जाले रोई कराई गरे रे। तर मेरो के चल्दथ्यो? रूदाँ भए'नि विद्यालय जाने वानी बसाले। एक बर्ष त बानी बसाल्न मै गयो। अर्को बर्ष देखि नियमीत रूपमा विद्यालय धाए र पढाईमा नि राम्रै प्रगति गरे। बार्षिक परिक्षा आयो, परिक्षा दिए, रिजल्ट आयो, दोस्रो भए।
प्रथम हुन सकिन। दोस्रो भएकैले पुरस्कीर पाँए; २ नं को कपी, अल्लि सानो, अल्लि पातलो! फोटो खिचाँए! त्यो फोटो अहिले पनि कुनै पुराना फोटोका एल्बममा अझै स्थिर अबस्थामा नै छ।
यसरी प्रथम स्थानबाट मेरो हक खोसिने क्रम अघि बढ्यो। म ठूलो हुदैँ गए, मेरो सपना सपनामै सिमीत रह्यो। अहिँले पनि कसरत गरिरहेछु सपना छुने, त्यसमा पुग्ने तर सधैँ असफलता मात्र हात परिरहेछ।
जीन्दगीमा धेरै आरोह, अबरोह आए, त्यही अनुसार अघि बड्ने कोसिस गरे तर सधैँ असफल्तानै हात परिरहन्छ। सफलताको शिखर चुम्ने कोसीस गकिरहन्छु तर सधैँ त्यो म भन्दा दुई कदम अघि भागीरहन्छ।
सायद जीन्दगी भनेको नै यहिँ रहेछ। एउटा महान व्यक्तिको भनाई सुनेको थिए, "तिमी सधै आफ्नो सपनाको पछाडी भाग, सफलता तिम्रो पछि भाग्छ"। यो भनाईबाट अलि बडिनै प्रभावित भएको म, तर पनि सफल हुन सकिन। बास्तबमा मेरो ईच्छ्या प्रथम हुने भन्दा सफल हुनेमा केन्द्रित छ। तर यो समाजले सफलता मात्र हेर्दो रहेनछ, प्रथमको आभाषनै खोज्दो रहेछ।
जीवन छोटो छ, हाँसी-खुसी बाच्ने प्रयास गर भन्ने मान्छेहरू जीन्दगीमा धेरै भेटिए। साला, जीन्दगी छोटो नै हो भने यो संघर्ष के का लागी गर्ने? खैर! आफु त खोले सिस्नो खाएर बाँचुला तर भविष्यमा स्वास्नी, छोरा-छोरीलाई नि? यसरी नै खोले सिस्नोमा चित्त बुझाउन सकिएला? के उनिहरू खुसी होलान्? के उनिहरू सन्तुष्ट होलान्.
सफलत भनेको अनगिन्ती उचाई भएको पहाड हो, दिनानुदिन बढ्दै जान्छ। चड्ने क्रममा जहीँ गएर मानिस अड्कन्छ त्यहाँबाट मानिसको लिला समाप्त!!!
क्रमश......
प्रतिक्रियाको लागी:
म्यासेज गर्नुहोस मेरो
फेसबुक प्रफाईलमा
मेन्सन गर्नुहोस:
ट्विटरमा
गुगल प्लमा:
सुमित
इन्स्ताग्राम :
सुमित